Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

मतपेटिका र स्वस्तिक छाप सुदूरपश्चिममा ढुवानी हुँदै

प्रकाशित:

Advertisements

महेन्द्रनगर । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र तथा निर्वाचन सामाग्रीको ढुवानीको कार्यलाई तीव्रता दिएको छ।

हालसम्म समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाका मतपत्र ८ वटा बाहेक सम्पूर्ण जिल्लामा ढुवानी भइसकेको छ ।

केही दुर्गम जिल्लामा बाटोघाटोमा भएको अवरोधका कारण मतपत्र ढुवानीको काम बाँकी रहेको आयोगले जनाएको छ । प्रत्यक्षतर्फका मतपत्र अबका केही दिनमा दुर्गम जिल्लामा ढुवानीको क्रम सुरु गरिनेछ ।

यसैगरी आयोगले विभिन्न ५७ प्रकारका निर्वाचन सामाग्रीहरू मतपेटिका, छेकाबारा, स्वस्तिक छापलगायतको ढुवानी कार्य सुरु गरेको छ । आजबाट सुदूरपश्चिम, कर्णाली र पूर्वाञ्चलका जिल्लाहरूमा उक्त निर्वाचन सामग्री ढुवानी सुरु गरिएको हो ।

अब दुर्गम जिल्लाहरूमा निर्वाचन सामग्रीको ढुवानी गरिने र त्यहाँबाट जिल्ला निर्वाचन कार्यालयमार्फत ती सामग्रीलाई सम्बन्धित निर्वाचन अधिकृतलाई बुझाउने आयोगले जनाए ।

निर्वाचन अधिकृतले सम्बन्धित मतदान अधिकृतलाई बुझाउने छन् । आयोगले पूर्व निर्धारित कार्यतालिका अनुसार नै निर्वाचन सामग्रीको ढुवानी कार्य भइरहेको जनाए ।

Advertisements

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार