Saturday, July 27, 2024

निर्वाचनमा ओलीलाई बहुमत ल्याउने विश्वास

प्रकाशित:

महेन्द्रनगर । झापाको दमकमा आयोजित सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचनमा प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक गरी १५० सिट जित्ने लक्ष्य पार्टीको रहेको बताए ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचनमा एमालेले बहुमत ल्याउने विश्वास व्यक्त गरेका छन् ।

अध्यक्ष ओलीले झापामा प्रतिनिधि सभामा एउटा क्षेत्र र प्रदेश सभा सदस्यमा दुईवटा क्षेत्रमा राप्रपालाई भोट दिन र बाँकी सबैमा सूर्यचिन्हमा मतदान गर्न आग्रह गरे ।

उनले तालमेलको सहमति भएपछि त्यसलाई इमान्दारीपूर्वक कार्यान्वयन गरी परिणाम निकाल्नुपर्ने बताउँदै राप्रपाले भोट दिँदैन कि भन्ने शङ्का नगरी विश्वासका साथ लाग्न कार्यकर्तालाई निर्देशन दिए ।

झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ । झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई एमालेले समर्थन गर्ने र अन्य क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गर्ने सहमति दुई दलले गरेका छन् ।

अध्यक्ष ओली भन्छन्, ‘राप्रपाले एमालेसँग मिलेर काम गर्न खोजेको छ । हामीले त्यसलाई स्वागत गरेका छौं । झापा क्षेत्र ३ नम्बरमा हामी राप्रपालाई भोट दिन्छौं, जिताउँछौं । हामीले समर्थन गरेपछि जित्नुपर्छ, नत्र हाम्रो समर्थन के काम लाग्यो ।

 

ताजा समाचार

सम्बन्धित समाचार