Thursday, April 25, 2024

कञ्चनपुर क्षेत्र नम्बर २ गठबन्धनका तर्फबाट साउद र धामीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदै

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट पूर्वमन्त्री एनपी साउद र विपक्षी गठबन्धनका तर्फबाट नरबहादुर धामीबीच तेस्रो पटक प्रतिस्पर्धा हुँदैछ ।

दुई ठूला दलका नेतासंग अन्य चाररचार दलले गठबन्धन गरेसंगै यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । यस क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेस, माओवादी केन्द्र, एकीकृकत समाजवादी, लोसपा, जनमोर्चा र विपक्षी गठबन्धनका तर्फबाट एमाले, जसपा, विपी कांग्रेस, कमल थापा र राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाबीच चुनावी गठबन्धन भएको छ ।

साउद पाँच पटक र धामी तेस्रो पटक निर्वाचनमा होमिएका हुन् । ०५६ सालमा पहिलो पटक एनपी साउद क्षेत्र १बाट निर्वाचित भएका थिए । ०६४मा क्षेत्र २ बाट माआवादीका नेता देवीलाल चौधरीसंग पराजित भएका थिए ।

०७०मा अहिलेका प्रतिस्पर्धी नरबहादुर धामीलाई पराजित गरेका थिए । ०७४ मा एमाले र माओवादी बाम गठबन्धन हुँदा एमाले नेता नरबहादुर धामीले कांग्रेस नेता साउदलाई हराएका थिए ।

०७४ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा दुई पार्टी एक हुँदा बाम गठबन्धनका तर्फबाट धामीले ३३ हजार २२० र कांग्रेसबाट एक्लै उम्मेदवार बनका साउदले २४ हजार, ८३९ मत ल्याएका थिए ।

यस अघि ०७० सालमा सम्पन्न भएको दोस्रो संविधान सभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार धामी कांग्रेस उम्मेदवार साउदसंग पराजित भएका थिए ।

कञ्चनपुर निर्वाचन क्षेत्र २ मा तीन पालिका रहेका छन् । जहाँ दुई पालिका कांग्रेस र एकमा एमालेले जितेको छ । गत बैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनको मत परिणाम अनुसार कांग्रेसले २२ हजार ४९९, एमालेले १९ हजार २९२, माओवादीले १३ हजार ४७८, समाजवादीले ४ हजार ६६७, राप्रपाले ३ हजार ७४६, र अन्य ३ हजार ७८२ मत ल्याएका थिए ।

स्थानीय तहमा आएको मत परिमाण अनुसार अहिलेको राजनीतिक समिकरण हेर्दा सत्ता गठबन्धने ५२ हजार २१२ मत र विपक्षी गठबन्धनले २१ हजार २४२ मत ल्याएका थिए ।

स्थानीय तहको मत परिमाण अनुरुप क्षेत्र २ मा केही समाजवादीका नेता कार्यकर्ता एमालेतिर प्रवेस गरेसंगै उक्त मत एमालेतिरै जाने अनुमान गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा पाएको मतभार अनुसार सत्ता गठबन्धन यस क्षेत्रमा बलियो देखिएको छ । तर, निर्वाचनको परिणाम के होला रु भनेर अहिले अनुमान गर्न सकिन्छ । खास परिणामको लागि निर्वाचन पछिको मतगणना नै कुर्नु पर्ने हुन्छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार