Thursday, April 25, 2024

प्रचारको भिन्न शैलीः गरेका कामको स्पष्टता र बाँकि कामको निरन्तरताको लयमा प्रकाश रावल

प्रकाशित:

महेन्द्रनगर । नेकपा एकिकृत समाजवादीका नेता तथा सुदूर पश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (१) बाट प्रदेश सभा सदस्यका उम्मेदवार छन् । नेता रावलको चुनावी प्रचारप्रसार शैली अरु राजनीतिक दलका भन्दा भिन्न छ ।

नेता रावल भोट माग्न घर–घर जान्छन्, तर भिन्न शैलीमा । आफु सरकारमा हुँदा गरेका र गर्न बाँकि रहेका योजना तथा कामहरु प्रत्येक टोल–टोलका व्यक्तिहरुलाई,’ यहाँ यस्ता–यस्ता काम गर्न सके, यी बाँकि छन्, भन्दै सम्झाई बुझाई गर्छन्, नेता रावल ।

खेतमा धान काट्ने देखि दैनिक मजदुरी गरिररहेका नागरिकलाई भेट्दै आफ्ना कुराहरु राख्छन्, उनी । नेता रावल कार्यक्रताहरुको लामो लस्कर र भोजभतेरका साथ अहिले सम्म गाउँ पसेका छैनन् । चुनावी घरदैलो गर्दा उनी सकेसम्म एक्ला एक्लै नागरिकहरुलाई भेट्ने प्रयत्न गरिरहेको बताउछन् ।

प्रदेश सरकारमा पहिले राज्यमन्त्री र पछिल्लो समय अर्थमन्त्री हुँदा सम्पन्न गरेका कामहरु र बाँकि रहेकामा निरन्तरताको अस्त्र सहित नेता रावल चुनावी मैदानमा होमिएका छन् ।

सरकारमा बस्दा गरेका कामहरुको पारदर्शीताका लागि नेता रावलले आफ्नै नामको वेवसाइटमा सम्पुर्ण विकास निर्माण तथा योजनाहरुको विवरण राखेका छन् ।

यस्ता छन् एजेण्डाः
–मेरो क्षेत्रलाई नमूना क्षेत्र बनाउन ।

–युवा उद्यमशिलताको वातावरण बनाउन ।

–शैक्षिक संस्थाहरुका पुराना जीर्ण भौतिक संरचनाहरु विस्थापित गर्दै नयाँ भवन निर्माण गर्न ।

–पर्यटन प्रवर्धनका लागि पर्यटकीय क्षेत्रहरुको पुर्वाधार विकासका साथै पर्यटक भित्र्याउन आवश्यक नीति बनाउन ।

–कृषिलाई प्राथमिकता दिदै आवश्यक ठाउँमा सिंचाईको व्यवस्था गर्न ।

–ट्रान्सफर्मर र विद्युतीय लाइन विस्तार गर्न ।

–सोलार लाइटको व्यवस्था गर्न ।

–ढल निकास सहितका सडकहरुको निर्माण गर्न ।

नेता रावल एकिकृत समाजवादीको चुनाव चिन्ह कलममा भोट माग्दै छन् । देशभर पाँच दलिय सत्ता गठबन्धन चुनावी मैदानमा एक भएर होमिएको छ । यद्यपी कञ्चनपुरमा भने त्यो लागु हुन सकेको छैन् । कञ्चनपुरमा सत्ता गठबन्धनको बाडफाँडमा समाजवादीले टिकट नपाउने अवस्था आएपछि नेता रावल कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ (१) बाट मित्रवत प्रतिस्पर्धामा उत्रिएका हुन् । ।

क्षेत्र नं. ३ (१) मा लोकतान्त्रिक वाम गठबन्धनबाट माओवादीका नेता टेकेन्द्र प्रसाद भट्ट, नेकपा एमाले र राप्रपाको गठबन्धनबाट धर्मराज जोशी, एकिकृत समाजवादीबाट प्रकाश रावल र स्वतन्त्रबाट कञ्चनपुर उद्योगवाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी प्रतिस्पर्धामा छन् । कञ्चनपुरमै ३(१) मा उम्मेदवारहरु बिच रोचक प्रतिस्पर्धा हुँने आकलन गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार