|
Tuesday, December 12, 2023

जब सडकमा जुत्ता सिउने संग भोट माग्न पुगे नेता

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर–३ मा लोकतान्त्रिक बाम गठबन्धनले चुनावी घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर–३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक, संविधान सभा सदस्य एवं कञ्चनपुर–३ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र भट्ट, कांग्रेस नेतृ तथा समानुपातिक उम्मेदवार मधु भारती लगायतका नेताहरुले महेन्द्रनगर बजार क्षेत्रमा बुधवार व्यापारीहरु संग भेटघाट तथा दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम गरेका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका सयुक्त उम्मेदवारहरुले महेन्द्रनगरका विभिन्न व्यापार व्यवसायमा संलग्न व्यक्तिहरु संग भेटघाट गरेका हुन् । उनीहरुले सडक छेउमा जुत्ता सिउने देखि विभिन्न उद्योग धन्दा सञ्चालकहरु संग भेटघाट तथा शुभकामना आदानप्रदान गरेका छन् ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार