Saturday, July 27, 2024

कैलालीमा देउसी खोल्नेक्रममा दुई समूह बिच झडप, तीनजना घाईते

प्रकाशित:

महेन्द्रनगर । कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर-९ शिखरझालाको मगर टोलमा देउसी खेल्दा सामूहिक झडप भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

इलाका प्रहरी कार्यालय सुखडका प्रमुख तथा प्रहरी नायव उपरिक्षक लक्ष्मणबहादुर शाहीका अनुसार मंगलबार राती देउसी  खोल्नेक्रममा विवाद हुँदा दुई समूह बिच झडप भएको हो ।

एक समूहले अर्को समूहका युवालाई घर–घरमा गएर कुटपिट गरेका शाहीले बताए । शिखरझालाका १८ / १८ वर्षिय डम्बर बिष्ट र रमेश भुललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कुटपिटबाट ५८ वर्षिय भक्तबहादुर धर्तीमगर, ५२ वर्षिय हिरादेवी धर्तीमगर र २० वर्षिय जगत देउवा घाइते भएका छन् । उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालयले बताए । इलाका प्रहरी कार्यालयले मुद्दा दर्ताको प्रक्रियामा रहेको बताएको छ ।

पक्राउ परेका युवाका अनुसार पाँच जना युवाले कुटपिट गरेका डिएसपी शाहीले बताए । अन्य तीन जना फरार भएका र  उनीहरुको खोजीकार्य भइरहेको डिएसपी शाहीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार