Friday, March 29, 2024

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कैलालीका आठ स्थानमा अस्थायी मतदान केन्द्र

प्रकाशित:

महेन्द्रनगर । धनगढी उपमहानगरपालिका–१ को उपमहानगरपालिका कार्यालय भवन, धनगढीमै रहेको जिल्ला कारागार भवन, गोदावरी नगरपालिका–२ को वनदेवि मन्दिर र वडा नं ४ को महादेव मन्दिर परिसरलाई अस्थायी मतदान केन्द्र तोकिएको प्रदेश निर्वाचन कार्यालयका कैलालीले बताएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलाली जिल्लाका अस्थायी मतदाताका लागि विभिन्न आठ स्थानमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ ।

यस्तै गौरीगङ्गा नगरपालिका–६ को बाह्रवन साझेदारी वन व्यवस्थापनको कार्यालय, वडा नं ८ को बडैपुर वडा कार्यालय, लम्कीचुहा नगरपालिका–३ को वडा कार्यालय र टीकापुर नगरपालिका–१ को सिटी हललाई पनि अस्थायी मतदान केन्द्र तोकिएको छ।

अस्थायी मतदाता रहेका सेना, प्रहरी, निर्वाचनमा नखटिने कर्मचारी र कारागारका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीमा मात्र मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

यी मतदाताको सङ्ख्या जिल्लामा चार हजार सात सय ७६ रहेको छ। स्थायी मतदाता भने पाँच लाख ३५ हजार पाँच सय १४ छन् ।(दिनेश खबर)

ताजा समाचार

सम्बन्धित समाचार