Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कञ्चनपुर क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले निर्मला पन्तको घरमै खोले कार्यालय, सरकारलाई सिंहको प्रश्न‘कहिले पाउँने न्याय?’

प्रकाशित:

Advertisements

महेन्द्रनगर । चार वर्षअघि बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीया किशोरी निर्मला पन्तको न्यायका लागि गरिने हरेक आन्दोलनमा आफ्नो ऐक्यवद्धता रहेको जनाउदै दिपकबहादुर सिंहले निर्मलाकै घरमा सम्पर्क कार्यालय खोलेका हुन् ।

पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका कञ्चनपुर क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार सिंहले भीमदत्त नगरपालिकाका दुई वडामा बुधबार सम्पर्क कार्यालय स्थापना गरेका छन् । उनले वडा नं। २ र ६ मा निर्वाचन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् ।

‘बलात्कारपछि पाशविक तरिकाले हत्या गरिएकी निर्मलाले अहिलेसम्म न्याय पाउन सकेकी छैनन्,’ सम्पर्क कार्यालय उद्घाटन गर्दै सिंहले भने, ‘४ वर्ष बितिसक्यो दोषी पत्ता लागेको छैन्, निर्मलाले कहिले न्याय पाउँने’

अहिले कांग्रेस र माओवादी केन्द्रलगायतको गठबन्धन सरकार छ। तर, निर्मलाको न्यायका लागि कसैले आवाज नउँठाएको सिंहले बताए ।

‘राजनीतिक खपतका लागि नारा लगाउँने तर सत्तामा पुगेपछि बिर्सिने,’ उनले प्रश्न गरे, ‘यो सरकारले दोषीलाई कहिले कानूनी कठघरामा उभ्याउँछ ।’

सिंहले निर्मलाकी आमा दुर्गादेवीसँग भेटेर न्याय प्राप्तिका लागि अब झन ठूलो आन्दोलन गर्नुपर्ने र त्यसमा आफ्नो साथ–समर्थन रहने बताए ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उक्त घटना भएपछि कांग्रेसले ओली सरकारले अपराधि को संरक्षण गरेको आरोप लगाउँदै आन्दोलन चर्काउन मद्धत गरेको थियो ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका सिंहले एउटै उम्मेदवार दसकौँदेखि पटक–पटक चुनाव लड्दा नयाँ पुस्ताको राजनीतिमा आउने बाटो रोकिएको भन्दै कांग्रेसबाट बिद्रोह गरी उम्मेदवारी दर्ता गरेका थिए ।

कांग्रेसभित्र डरलाग्दो गरी राजनीतिक सिन्डिकेट झ्यांगिएको र त्यसलाई नतोड्दासम्म नयाँ पुस्ता राजनीतिमा स्थापित हुन नसक्ने धारणा सिंहले राख्दै आएका छन्।

नेपाली कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेर सिंह मत माग्न घरदैलो गरिरहेका छन् ।

‘राजनीतिलाई सेवा होइन्, पेशा बनाइएको छ,’ उनले भने, ‘यस्तो अवस्थाले राजनीतिप्रति युवाको भरोसा कमजोर हुँदै गएको छ । युवा आकर्षण बढाउन पनि उम्मेदवारी दिएको छु ।’

क्षेत्र नं.३ मा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनी २०५६ देखि यो क्षेत्रमा चुनाव लडिरहेका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार