Saturday, July 27, 2024

कञ्चनपुरका एमालेका युवा नेता माओवादी केन्द्रमा प्रवेस

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरका युवा नेता हेमन्तराज रेग्मी माओवादी केन्द्रमा प्रवेस गरेका छन । शुक्लाफाँटा नगरका स्थानीय समेत रहेका रेग्मीले एमाले परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार एक कार्यक्रमका विच एमाले नेताले पाटी परित्याग गर्दै माओवादी केन्द्रमा प्रवेस गरेको माओवादी केन्द्र कञ्चनपुरका युवा नेता कैलाशचन्द्र गिरीले बताए । रेग्मीलाई माओवादी नेता एव प्रदेश सभा सदस्य महेशदत्त जोशी, क्षेत्र २(क) प्रदेश सभा सदस्यका उम्मेदवार ओम विक्रम भाटले अबिर खादा लगाएर पाटीमा प्रवेस गराएका छन ।

निर्वाचन क्षेत्र २(क)मा एमाले टिकट विवादको असर एमाले शुक्लाफाँटा नगरका स्थानीय कार्यकर्तामा परेको देखिएको छ । एमालेभित्र आफन्तवाद हैकम हावि भएकाले परिर्वतनको शक्ति माओवादी केन्द्रमा प्रवेस गरेको रेग्मीले बताएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार