Saturday, July 27, 2024

सुदूरपश्चिम विश्वविद्यालय कञ्चनपुरमा टेकेन्द्र जी र मैले ल्याएका हौंः नेता लेखक

प्रकाशित:

महेन्द्रनगर । नेपाली काँग्रेस नेता रमेश लेखकले सुदूरपश्चिम विश्वविद्यालय माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट र आफुले कञ्चनपुरमा ल्याएको बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मंगलबार बाम लोकतान्त्रिक गठबन्धन दोधाराचाँदनीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा नेता लेखकले सुदूरपश्चिम विश्वविद्यालय माओवादी नेता टेकेन्द्र प्रशाद भट्ट र आफुले कञ्चनपुरमा ल्याएको बताएका हुन ।

‘०६४सालमा म र टेकेन्द्र जी संसद थिए, हामी दुवै अलग अलग पाटीबाट संसदमा गएका थिए, ‘लेखकले भने, ‘उहाँ माओवादीबाट चुनाव जितेरजानुभयो, म काँग्रेसबाट समानुपातिकबाट संसदमा गएका थियौँ ।’

दुवै जना फरक फरक पाटीबाट संसदमा गएपछि विकासका विषयमा राजनीतिक गर्न नहुने आफुविच सहमती र बुझाईरहेको बताउँदै लेखकले सुप विश्वविद्यालय कञ्चनपुरमा हामीहरुले ल्याएको बताए ।

‘हामी दुई जना बसेर सुप विश्वविद्यालय विधेयक कस्तो ल्याउने, कसरी संचालन गर्ने सहमती गरेरै ल्याएका हौँ, ‘काँग्रेस नेता लेखकले भने, ‘अहिले केही मान्छे ठुलठुला कुरा गरिरहेका छन ।’ दोधारचाँदनीको भानु बहुमुखी क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउनका लागि समेत पहल गर्ने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार