कांग्रेस नेता लेखकको दोधारा-चाँदनी मोहः ‘यहाँ समस्या भन्दा सम्भावना धेरै छन’

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले दोधारा–चाँदनीमा समस्या भन्दा बढी सम्भावना भएको बताएका छन् । व्यापारीक, औद्योगिक, पर्यटकीय र धार्मीक नाकाका रुपमा दोधारा–चाँदनीलाई विकास गर्नका लागि महाकाली नदीमा बनेको चारलेनको पक्की पुलले थुप्रै सम्भावना ल्याएको कांग्रेस नेता लेखकले बताए ।

मंगलबार दोधारा–चाँदनीमा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित सयुक्त शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेता लेखकले यो ठाँउको विकासका लागि सुख्खा बन्दरगाहको काम अगाडी बढाउनु पर्ने बताएका छन् । ‘यो ठाउँको विकासका लागि सुख्खा बन्दरगाहको काम अगाडी बढाउनु पर्ने आवश्यकता छ’, उनले भने–‘दोधारा–चाँदनीलाई यो देशकै सबैभन्दा ठुलो नाका बनाउने काम गरिने छ, यो काम लोकतान्त्रिक वाम गठबन्धनले गर्छ ।’

लोकतान्त्रिक वाम गठबन्धनको उत्पत्ती देशको व्यवस्था र संविधान जोगाउनका लागि भएको कांग्रेस नेता लेखकले बताए । जब सम्म देशमा व्यवस्था र संविधान सुरक्षित हुदैन; तब सम्म लोकतान्त्रीक वाम गठबन्धन कायम रहने नेता लेखकको तर्क छ ।

गत निर्वाचनमा कञ्चनपुर–३ बाट निर्वाचित सांसद डा. दिपक प्रकाश भट्टलाई अंकित गर्दै नेता लेखकले दुई तिहाईको सरकारमा बसेका साथीहरुले केहि नगरेको संज्ञा दिए । आफुले सुरु गरेको सुख्खा बन्दरगाहको काम समेत ठप्प गरेको कांग्रेस नेता लेखकले बताए । उनले भने–‘हामीले सुरु गरेको सुख्खा बन्दरगाहको काम समेत ठप्प पारे,’ अहिले आएर हामी के–के गर्छौ भनेर भन्दै आएका छन् ।’

त्यस्तै जोगबुडा नदीमा आफुले बाध बनाउने काम सुरु गरेको तर अघिल्लो चुनावमा पराजित भएपछि त्यसको कामले गती नपाएको नेता लेखकले बताए । दोधारा–चाँदनीको विकासका लागि आफुले अथक प्रयास गरेको उनी दाबी गर्छन् ।

झोलुङ्गे पुल, माहाकालीको बाध, जोगबुडा नदीको बाध, चारलेनको पक्की पुल, दोधारा–चाँदनीका भित्री पक्की बाटोहरु, जे–जती देखिएका छन्, ती आफ्नै पहलमा भएको कांग्रेस नेता लेखकले दाबी गरे ।

दोधारा–चाँदनीमा अब के–के गर्छन्, लेखकः

–महाकाली नदीको बाधलाई पक्की बनाउने ।

–जोगबुडाको जीरो पोइन्ट देखी कुतियाकभर सम्म, महकाली नदीको जस्तै पक्की बाधको कार्य अगाडी बढाउने ।

–बनबासा नहरबाट दोधारा–चाँदनीमा आउने नहरमा ३५० क्यूसेक पानी भारतले दिने कुरा भएको हुँदा, यो कामलाई पाँच वर्ष भित्र अगाडी बढाइने ।

–किसानका लागि मल खादका समस्याहरु समाधान गरिने ।

–दोधारा–चाँदनीमा खेलकुदका लागि जग्गाको प्रबन्ध संगै पाँच वर्षमा ‘स्टेडियम’ बनाउने कार्य अगाडी बढ्ने ।

–दोधारा–चाँदनीमा पक्की पुलको पाटो नभई झोलुङ्गे पुलले जोडिएका गाउँ बस्तीहरुलाई पक्की पुलले जोड्ने ।

ताजा समाचार

सम्बन्धित समाचार