Saturday, July 27, 2024

कांग्रेस नेता एनपी साउँदको पहिलो प्राथमिकतामा आरक्ष पीडित

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसका नेता तथा कञ्चनपुर क्षेत्र नं. २ बाट बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एनपी साउँदले आफ्नो पहिलो प्राथमिकतामा आरक्ष पीडितलाई राख्ने बताएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कांग्रेस नेता साउँदले कञ्चनपुरमा आरक्षपीडितको समस्या समाधान गर्ने आफ्नो पहिलो लक्ष्य रहेको बताएका छन् । नेता साउँदले पीडितलाई जमिन र मुआब्जा दिएर न्यायिक पुर्नस्थापना गर्नका लागि बाम लोकतान्त्रिक गठबन्धन तयार रहेको दाबी गरेका छन् ।

यस अघि पनि पटक पटक आरक्षपीडितको उचित व्यवस्थापनका लागि आफुले पहल गरेको तर, सरकार फरक दलको हुँदा समस्या समाधान गर्न नसकिएको बताउदै पुर्वमन्त्री साउदले यस पटक पीडितको समस्या समाधान गरेरै छाड्ने बताएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार