Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

बेलायतको प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई प्रधानमन्त्री देउवाले दिए बधाई

प्रकाशित:

Advertisements

महेन्द्रनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार सामाजिक सञ्जाल ट्विटरमार्फत संयुक्त अधिराज्य बेलायतको कन्जरभेटिभ पार्टीको नेता र बेलायतको आगामी प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकामा पूर्वअर्थमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाले उनलाई यो महत्वपूर्ण जिम्मेवारीका लागि शुभकामना व्यक्त गर्दै लामो समयदेखिको नेपाल(बेलायत सम्बन्धलाई अगाडि बढाउन सँगै काम गर्न आफू तत्पर रहेको उल्लेख गरेका छन्।

बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पद सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि नयाँ प्रधानमन्त्री चयन हुन लागेको हो। सन् १९८० मा साउथह्याम्पटनमा जन्मिएका सुनकका बाबु आमा दुबै भारतीय मूलका हुन्। उनीहरू पूर्वी अफ्रिकाबाट बेलायत बसाइ सरेका थिए।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार