Saturday, April 20, 2024

काठमाडौंमा सोमबार आयोजित भेलालाई सम्बोधन गर्दै देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए

प्रकाशित:

महेन्द्रनगर । पाँच दलीय गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई काठमाडौंमा सोमबार आयोजित भेलालाई सम्बोधन गर्दै देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन हिजो, आज र भोलिको आवश्यकता भएको बताएका छन् । उनले लहडले गठबन्धन नबनेको भन्दै सबै दलका नेता र कार्यकर्ताहरूलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका छन् ।

उनले त्यसका लागि नै गठबन्धन बनेको बताए । यो आवश्यकताले बनेको गठबन्धन हो । लहडले बनेको गठबन्धन होइन । शेरबहादुरलाई प्रधानमन्त्री बनाउन बनेको गठबन्धन होइन, उनले भने, गठबन्धन अपरिहार्य थियो, छ र भोलि पनि रहनेछ ।

राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता रहेको उनले बताए । गठबन्धनको र एकताको संस्कृति नेपाली राजनीतिमा रहेको उनको भनाइ थियो । नेपालको व्यवस्थाले पनि गठबन्धन गर्नुपर्ने देखिएको उनले भनेका छन् ।

मुलुकमा स्थायी शान्ति, कसैले खोस्न नसक्ने लोकतन्त्र, समावेशी, समानुपातिक व्यवस्था रहेको संविधान हटाउन नसक्ने गरी गठबन्धन अगाडि बढ्ने देउवाको प्रतिबद्धता थियो ।

पाँच दलीय गठबन्धनमा रहेका दलहरूभित्र नेताहरूमा समस्या रहेको देउवाको भनाइ थियो । उनले नेताहरूले गठबन्धन भएको अवस्थामा टिकट पाए चुनाव जितिन्छ ठान्दा विवाद भएपनि अब मिलेर अघि बढ्नुपर्ने धारणा राखेका छन् ।

उनले भने,गठबन्धन बनेको छ, चुनाव जितिहालिन्छ भन्ने भएर सबैलाई टिकट चाहिएको छ । उनले चुनावका बेला पार्टीहरू संक्रमणकालबाट गुज्रिएको हुने भएकाले एकताबद्ध भएर अघि बढ्न र आफू गठबन्धन टिकाउन लागेको बताए ।गठबन्धनका साथीहरूले एक भएर लागेर जिताउनुपर्छ । जठबन्धनले जित्नुपर्छ, उनले भने । (कान्तिपुर)

 

ताजा समाचार

सम्बन्धित समाचार