२०७९ माघ २२, आईतवार |
Sunday, February 5, 2023

अरु बेला जिउ न सीउ आरु पाकेपछि जिउभने झै निर्वाचन नजिकिदै गर्दा नेताहरूको चटक (तस्बिर)

प्रकाशित:

महेन्द्रनगर ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनले नेताहरुलाई झ्याप पारेको छ ।। भोट माग्नको लागि राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू
भोट माग्नको लागि मतदाताको घरदैलोमा धाइरहेका छन् ।

मतदाता रिझाउनको लागि उम्मेदवारहरू गोठमा गएर गाई भैँसी दुहुने, खेतबारीमा किसानले गरिरहेको काम गर्ने जस्ता गतिविधि गरेर सामाजिक सञ्जालहरूमा पोष्ट गर्न थालेका छन् । उम्मेदवार बनेका धनाढ्य व्यापारीहरू मोटरसाइकलमा यात्रा गर्दै गरिब किसानसँग खाना खाइरहेका तस्बिरहरू अहिले उत्तिकै चर्चामा छन् ।

लोकतान्त्रिक व्यवस्थामा जतिसुकै धनीमानी वा पद प्रतिष्ठा पाएको व्यक्ति भए पनि जनताबाट निर्वाचित हुनु अनिवार्य हुन्छ । यसैकारण राज्यसत्ताको भोग गर्न चाहने र नीति निर्माणमा चासो हुनेहरू निर्वाचन प्रक्रियाबाट चुनिने प्रयासमा रहन्छ । यस्तै प्रयासमा रहेकाहरूले मतदाताको मन जितेर निर्वाचित हुनको लागि के कस्ता हर्कत गरिरहेका छन् भन्ने बारेमा हामीले सामाजिक सञ्जालमा पाइएका केही तस्बिर यहाँ प्रस्तुत गरेका छौँ ।

ताजा समाचार

सम्बन्धित समाचार