२०८० आश्विन १६, मंगलवार |
Tuesday, October 3, 2023

देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने: राष्ट्रपति भण्डारी

प्रकाशित:

Advertisements
Advertisements

महेन्द्रनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले प्रकृति‚ मानव र प्राणी जगत्‌को अन्योन्याश्रित सम्बन्धलाई सजीव रूपमा चित्रण गर्ने गरेको बताएकी छन् ।

तिहारको शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘अर्कातिर दाजुभाइ तथा दिदीबहिनी बीचको पवित्र र आत्मीय सम्बन्धलाई प्रगाढ बनाउँदछ ।’

तिहारको अवसरमा खेलिने देउसी–भैलोको दक्षिणाबाट सङ्कलित कोषलाई सामाजिक र सामुदायिक हितका कार्यमा लगाउने असल परम्परा समेत रहेको उल्लेख गर्दै उनले यस प्रकारका असल परम्परा र अभ्यासलाई हामीले जोगाउनु पर्ने बताएइन् ।

तर, बढ्दो उपभोक्तावादी प्रवृत्तिका कारण चाडबाड मनाउने सन्दर्भमा देखिने भड्किलोपन र खर्चिलोपनका साथै तिहारलाई जुवा–तास खेल्ने अवसरका रूपमा लिने नकारात्मक पक्षलाई भने क्रमशः हटाउँदै जानु पर्ने भण्डारीले भनिन् ।

पौराणिक, सांस्कृतिक र व्यवहारिक महत्त्व बोकेको तिहार प्रकाशको पर्व पनि हो । ‍त्यसैले तिहारलाई हामी दीपावलीको नामबाट समेत जान्दछौँ । उज्यालो आफैमा प्रेरणाको विम्ब हो ।

दीपावलीको माध्यमबाट प्रकट हुने उज्यालो प्रकाशले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन पथ प्रदर्शन गर्न सकोस् भन्‍ने कामना गर्दछु,’ उनले भनेकी छन् ।कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिनदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्व नेपालीहरूको ठुला चाडहरूमध्ये एक महत्त्वपूर्ण र मौलिक चाडको रूपमा रहेको छ ।

यमपञ्चकको रूपमा समेत जानिने तिहार पर्वभित्र काग तिहार‚ कुकुर तिहार‚ गाई तिहार‚ गोरु तिहार र भाइ तिहार जस्ता विशिष्ट तिहारहरू समेटिएका छन् ।

Advertisements

 

 

 

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार