
महेन्द्रनगर । नेपाली काँग्रेसले अनुशासनको कार्बाही गरेका एक कृष्णपुरका कार्यकर्ता एमालेमा प्रवेस गरेका छन । कृष्णपुर नगरपालिका ८ का स्थानीय काँग्रेस कार्यकर्ता शिवलाल राना काँग्रेस परित्याग गर्दै एमालेमा प्रवेस गरेका हुन ।
रानालाई एमाले प्रतिनिधी सभा सदस्य नर बहादुर धामी, एमाले कृष्णपुरकी नेता रमिता राना लगायतका एमाले नेता कार्यकर्ताले पाटीमा भित्र्राएका छन ।
गत स्थानीय तह निर्वाचनमा रानाले टिकट नपाएपछि बागी भएर कृष्णपुर ८को वडाध्यक्षमा चुनाव लडेका थिए । ५४ मत पाएका राना अहिले एमालेमा प्रवेस गरेका छन ।
रानालाई अनुशासनको कार्बाही गरिएको नेपाली काँग्रेसले जनाएको छ । नेपाली काँग्रेस कञ्चनपुरका उपसभापति मिन बहादुर सिहले अनुशासन बिहिनी पार्टी बिरुद्धमा गतिबिधीमा संलग्न भएका रानालाई पार्टीले पहिल्यै कार्बाही गरेकोले उनलाई काँग्रेस भन्न नहुने र उनी काँग्रेसबाट कार्बाही गरिएका व्यक्ति भएको बताए ।
काँग्रेस परेका नेता कार्यकर्ता अन्य पार्टीमा जाँदा काँग्रेसलाई केही फरक नपर्ने काँग्रेस उपसभापति सिहले बताए ।
