२०७९ माघ २१, शनिबार |
Saturday, February 4, 2023

नेकपा एमाओवादी (केन्द्र)को चुनावी घोषणापत्र तिहारपछि

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमाओवादी (केन्द्र)को चुनावी घोषणापत्र तिहार सकिएपछि मात्रै आउने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार घोषणापत्र तयार भएर प्रूफ हेरेर अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कहाँ पुगेको र अब सुझावका लागि पदाधिकारीहरुकहाँ पठाउने र प्राप्त सुझावका आधारमा थप परिमार्जन भएपछि मात्र घोषणापत्रले अन्तिम रुप लिनेछ ।

‘इमेल मार्फत वा बैठक राखेर पनि पदाधिकारीहरुको सुझाव लिइने । यो काम सकाएर हामी घोषणापत्र तिहार लगत्तै सार्वजनिक गर्छौं,’ केन्द्रीय कार्यालय सचिव उपाध्यायले बताए ।(अनलाईन खबर)

ताजा समाचार

सम्बन्धित समाचार