Saturday, July 27, 2024

१ लाख २० हजार रुपैयाँसहित १९ जना जुवाडे प्रकाउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं-१९ बागफाँटाबाट कञ्चनपुर प्रहरीले १९ जना जुवाडीलाई नियन्त्रणमा लिएका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

१ लाख २० हजार रुपैयाँसहित १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए । उक्त स्रोतका अनुसार पक्राउ परेका जुवाडेमा केही सत्ता गठबन्धनमा आवद्ध नेताका आफन्त भएपछि नाम सार्वजनिक नगरी मिलाउन प्रहरीमाथि दवाव छ ।

पक्राउ पर्नेमा नेता र जनप्रतिनिधिका आफन्त पनि भएकाले नाम गोप्य राखिएको स्थानीय स्रोतले जनाए । उनीहरुलाई हिरासतमै राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, नाम भने सार्वजनिक नगरी गुपचुप राखेको छ ।

राजनीतिक दवावपछि प्रहरीले नाम सार्वजनिक नगरी गुपचुप राख्न बाध्य भएको हो। भीमदत्त नगरपालिकाका केही जनप्रतिनिधिका आफन्त पनि पक्राउ परेको स्रोतको दाबी छ ।

प्रहरीले उनीहरुलाई छाडन नमिल्ने तर चाडो प्रक्रिया मिलाउने आश्वासन दिएको छ,’ स्रोतले भन्योे, ‘आजै जिल्ला प्रशासनमा उपस्थित गराएर छाडने तयारी भएको छ।’

 

ताजा समाचार

सम्बन्धित समाचार