Saturday, April 20, 2024

सत्ता गठबन्धनका शीर्ष नेताहरु आज धनगढी

प्रकाशित:

महेन्द्रनगर । काठमाडौं, ललितपुर, पोखरा, बुटवल, जनकपुरमा भेला आयोजना गरिसकेको पाँच दलीय गठबन्धनले आज सुदूरपश्चिमको धनगढी र कर्णालीको सुर्खेतमा भेला आयोजना गर्दैछ ।

मंसिर ४ गतेको निर्वाचनलाई केन्द्रित गरेर सत्ता गठबन्धनले देशभर प्रशिक्षण एवं भेला तीव्र पारेको हो । भेलामा सहभागी हुन गठबन्धनका शीर्ष नेताहरु धनगढी पुगेका छन् । धनगढीमा हुने कार्यक्रमको माओवादी केन्द्रले तथा सुर्खेतमा हुने भेलाको समन्वय कांग्रेसले गर्नेछन् ।

दुबै क्षेत्रको भेलालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार