
महेन्द्रनगर। सत्तारुढ गठबन्धनले आइतबार (आज) सुदूरपश्चिम प्रदेशमा चुनावलक्षित संयुक्त भेला गरेको छ धनगढीमा बिहान ११ बजे नेकपा माओवादी केन्द्रको समन्वयमा कार्यक्रम सुरु भएको छ । भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
भेलामा सम्बोधन गर्न प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता धनगढी पुग्दैछन्।
शुक्रबारदेखि प्रदेशस्तरीय संयुक्त भेला सुरु गरेको गठबन्धनले प्रदेश १, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा भेला गरिसकेको छ।
