Saturday, July 27, 2024

कृष्णपुरमा सामुदायिक वनका अध्यक्षको केराबारीमा नै भेटियो अवैध काठ, काठ बरामद भएपछि अध्यक्ष र उनका भाई फरार

प्रकाशित:

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ स्थित गडबजिबला सामुदायिक वनका अध्यक्ष धनीराम चौधरीको केराभित्रमा अवैध सालको काठ भेटिएको छ । अध्यक्ष चौधरी र उनका भाई राम बहादुर चौधरीले संयुक्त रुपमा सञ्चालन गरेको केराबारीमा सालका गोलिया लुकाइएको अवस्थामा भेटिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

अवैध काठलाई सव डिभिजन वन कार्यालय बाणीले बरामद गरी कार्यालयमा राखेको छ । सव डिभिजन कार्यालयका अनुसार ५९ दशमलव ८८ क्युफिट काठ बरामद गरिएको छ । काठ बरामद भएपछि वनका अध्यक्ष चौधरी र उनका भाई फरार भएका छन् ।

अध्यक्ष चौधरी सहितले वनबाट काठ चिरान गरी अवैध कारोबारका लागि केराबारीमा लुकाएको आशंका गरिएको छ । वन कार्यालयले काठ बरामद भएपछि अनुसन्धान अघि बढाएको छ । कार्यालयलाई अनुसन्धान अघि नबढाउन दबाव दिन थालिएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार