Saturday, July 27, 2024

क्षेत्र ३ ख चाँदनीमा ऐमाले राप्रपा गठबन्धनको संयुक्त वडा कार्यालय उद्घाटन

प्रकाशित:

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र ३ खमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी गठबन्धनको संयुक्त वडा कार्यालय उद्घाटन गरिएको छ । शनिबार निर्वाचन क्षेत्र ३ खं अन्र्तरगत दोधाराचाँदनी नगरपालिका क्षेत्रका दुई वडा एक साथ उद्घाटन गरिएका छन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधाराचाँदनी नगरपालिका २ र ३मा एक कार्यक्रमका विच एमाले राप्रपाका तर्फबाट संयुक्त प्रतिनिधी सभा सदस्यकी उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट सहितका राप्रपा, एमालेका नेता कार्यकर्ताहरुले उद्घाटन गरेका हुन ।

संयुक्त वडा कार्यालय उद्घाटन गर्दै एमाले–राप्रपा गठबन्धन उम्मेदवारद्वय निरुदेवी पाल, सुरेन्द्र विष्टले दोधाराचाँदनीको विकास र सम्बृद्धिका लागि मत दिन आब्हान गरेका छन । वडा कार्यालय मार्फत संयुक्त प्रचारप्रसार गरिनेछ । क्षेत्र ३ ख मा एमाले राप्रपाले चुनावी प्रचारप्रसार समेत तिव्र पारेको छ।

ताजा समाचार

सम्बन्धित समाचार