Saturday, July 27, 2024

खल्ला मसेट्टीलाई नगरकै नमूना बस्ती बनाउँछुः स्वतन्त्र उम्मेदवार पिताम्बर जोशी

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेशसभा (१)का स्वतन्त्र उम्मेदवार पिताम्बर जोशीले चुनावी प्रचारप्रसारलाई तिब्रता दिएका छन् । उनी चुनावी प्रचारकै क्रममा बिहीबार भीमदत्त नगरपालिका–९ स्थित खल्लामसेटी पुगेका छन् ।
त्यहाँ घरदैलो गर्दै जोशीले भने, ‘भीमदत्तको दुर्गम बस्तीको रुपमा चिनिने खल्लामसेट्टीलाई कञ्चनपुरकै सुन्दर गाउँ बनाउन सकिन्छ, पर्यटकीय हिसाबले पनि यो बस्तीलाई चिनाउन सकिन्छ ।’

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

निर्वाचित भएमा खल्लामसेट्टीका समस्या सामाधान गर्ने उनले बताए । ‘यो बस्तीलाई नगरकै नमूना गाउँ बनाउँछु,’उनले भने, ‘पर्यटकीय गतिबिधिलाई अगाडी बढाएर स्थानीय स्तरमै दिने प्रतिबद्धता गर्दछु ।’ उनले भीमदत्तका ८, ९, १० र बेदकोट नगरपालिकाको ८ नम्बर वडामा घरदैलो अभियान गरिसकेका छन् ।

यस्ता छन् एजेण्डा:
जोशीले रोजगारी सृजना, विकास र जनताको जीवनस्तरमा सुधार ल्याउन क्षमता अनुसारको रोजगारी (एक घर एक रोजगार) लाई प्रमुख एजेण्डा बनाएका छन् ।

‘आफू निर्वाचित भएमा एक घर एक रोजगारको अवधारणा अनुसार स्थानीय स्तरमै क्षमता अनुसारको रोजगारी दिन्छु,’ उनले भने, ‘कञ्चनपुरमा आधुनिक विकासको मोडल तयार गरिनेछ, ग्रामीण क्षेत्रमा क्रमागत रुपमा पक्की सडक निर्माण गर्नेछु ।’

स्थानीय उत्पादनसंग जोडिएको पर्यटन विकास, व्यवस्थित ग्रामिण विद्युतिकरणमा पूर्णता, जेष्ठ नागरिकहरुको सम्मानजनक सामाजिक सहजीकरण, स्थानीय स्तरमा व्यवसायको प्रवद्र्धन तथा विकासमा जोड दिने उनले बताए ।

‘भष्ट्राचार रहित स्वच्छ, सकारात्मक, विकासशील समाज निर्माण गर्ने मेरो प्रतिबद्धता छ,’ उनले भने। प्रदेशसभा (१)मा निशुल्क शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाइँको सुविधा पुगाउने उनको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार