Saturday, July 27, 2024

कञ्चनपुर–३ मा सत्ता गठबन्धनः कांग्रेस नेता लेखकको वडाबाटै सुरु भयो चुनावी घरदैलो अभियान

प्रकाशित:

महेन्द्रनगर । बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर निर्वाचन क्षेत्र ३(क) बेदकोटको गैलनदीबाट चुनावी घरदैलो अभियान शुरु गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बिहीबार बेदकोट नगरपालिका ८ गैलनदीदेखि बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)ले चुनावी घरदैलो अभियान शुरु गरेको हो । चुनावी घरदैलो अभियानमा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट, समानुपातिक उम्मेदवार माया नेगी, मधु भारती सहितका नेता कार्यकर्ता सहभागि भएका छन ।

बाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका साझा उम्मेदवारद्वय रमेश लेखक र टेकेन्द्र प्रशाद भट्टले संविधानको रक्षा, राजनीतिक स्थायित्व, स्थानीय दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने जनतासंग प्रतिबद्धता गरिरहेका छन । बेदकोट नगरपालिका ८का स्थानीय बामका नेता कार्यकर्ताले वडामा आफ्ना उम्मेदवारलाई बहुमतका साथ जिताउने प्रण गरेका छन ।

नेकपा माओवादी केन्द्र बेदकोट नगरका सचिव एव बाम लोकतान्त्रिक गठबन्धनका युवा नेता दान बहादुर बमले केन्द्रमा बाम लोकतान्त्रिक गठबन्धन विच भएको सहमती अनुरुप वडामा बहुमतका साथ बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारद्वय भट्ट र लेखकलाई भारी बहुमतका साथ जिताउन अहोरात्र खटिने बताए ।

नेपाली काँग्रेसका बेदकोट नगरपालिका ८का स्थानीय नेता दिपक ऐरले गठबन्धन जिताउनका लागि वडामा पहिलेदेखि खटिएको र अहिलेपनि खटिने बताएका छन । उनले जस्तोसुकै परिस्थितिमा पनि बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रण गरेका छन ।

चुनावी घरदैलो अभियानमा बाम लोकतान्त्रिक गठबन्धन प्रत्यक्ष तर्फका उम्मेदवारद्वय भट्ट, लेखकले स्थानीयसंग प्रत्यक्ष भेटघाट गरेर चुनावमा सहयोगका लागि अपिल गरिहेका छन । जनताले समेत ०६४सालमा पहिलो संविधान सभामा संगै काम गरेका युवा, बौद्धिक उम्मेदवार पाएको भन्दै मतदिएर सहयोग गर्ने बचन दिएका छन ।

क्षेत्र ३(क) बाम लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान निरन्तर चलिरहेको छ । उम्मेदवार सहित चुनावी अभियान अर्कातिर राजनीतिक दल, भातृ संगठनहरुले समेत छुट्टाछुट्टै आफ्ना उम्मेदवार जिताउन खटिएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार