Saturday, July 27, 2024

म निर्वाचित भएको एक महिनामा सुख्खा बन्दरगाहको काम शुरु हुन्छ: नेता लेखक

प्रकाशित:

महेन्द्रनगर  । नेपाली काँग्रेसका केन्द्रिय सदस्य,पूर्वमन्त्री एवम् कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेद्धवार रमेश लेखकले पाँच दलिय गठबन्धनको उद्देश्य संविधान जोगाउनु रहेको बताएका छन् ।

‘अहिले एमालेका नेताहरुले पाँच दलिय गठबन्धन चुनाव र सिटका लागि भएको भनेर गलत प्रचार गरिरहनु भएको छ ।’ आइतबार दोधारा चाँदनीमा चुनावी सभालाई सम्बोदन गर्दै नेता लेखकले भने ‘एमाले तथा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यो देशलाई कमजोर पार्ने काम गर्नुभयो,पटक–पटक संसद विघटन गरि संविधान असफल पार्ने दाउमा लाग्नुभयो ।’

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

उनले अगाडी भने ‘एमाले र ओलीको त्यो असंवैधानिक कदमका विरुद्ध र संविधान जोगाउन हामी पाँच दल एकठाँउमा उभियौँ । त्यसैले यो गठबन्धनको प्रमुख उद्देश्य संविधान जोगाउनु,संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सुदृढिकरण गर्नु हो ।’

यस्तै उनले कार्यक्रममा आफु निर्वाचित भए दोधारा चाँदनीका शिक्षा, स्वास्थ्य, खानेपानी,सडक, विद्युत, बाढी कटान, जंगली जनावरका समस्या समाधान गर्ने प्रतिवद्धता जनाए ।

‘म संसद,मन्त्री हुदाँ यो क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, बाढी नियन्त्रण, महाकाली पुल निर्माण लगाएतका थुप्रो काम गरे ।’ उनले भने ‘यद्यपी यहाँ धेरै समस्या छन् अझ धेरै काम गर्न बाकीँ छन् । अघिल्लो निर्वाचनमा यो क्षेत्रमा हामी चुनाव हा¥यौँ । र विकासमा ब्रेक लाग्यो । गएको ५ वर्षमा सुख्खा बन्दरगाहाको काम समेत शुरु हुन सकेन ।’

उनले अगाडी भने ‘म निर्वाचित भएभने निर्वाचित भएको एक महिनाभित्र सुख्खा बन्दरगाहाको काम अगाडी बढ्छ ।’ कञ्चनपुर निर्वाचन क्षेत्र नं। ३ मा गठबन्धनले प्रतिनिधि सभामा नेता लेखक,प्रदेश सभा ३‘क’ मा नेकपा माओवादी केन्द्रका टेकेन्द्र भट्ट र प्रदेश सभा ३‘ख’ मा नेपाली काँग्रेसका बेल बहादुर राना मगरलाई उम्मेद्धवार बनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार