|
Tuesday, December 12, 2023

एमालेले राप्रपा संग चुनावका लागि मात्र तालमेल गरेको हो : एमाले नेत्री पाल

प्रकाशित:

महेन्द्रनगर । आसन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनको पुर्व सन्ध्यामा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपाल कञ्चनपुरले जिल्लाका आम पत्रकारसंग छलफल तथा सुझाव संकलन गरेको छ । पत्रकार सम्मेलनमा एमाले का केन्द्रिय सदस्य तथा कंचनपुर जिल्ला इन्चार्ज निरुदेवी पाल , प्रदेश उपाध्यक्ष राजेन्द्र रावल , कंचनपुर जिल्ला अध्यक्ष सुरेन्द्र बिष्ट लगायतका अन्य एमालेका नेताहरूको उपस्थिति रहेको थियो । सम्मेलनमा पत्रकारहरुले चुनावमा एमाले र राप्रपा बिचको गठबन्धन के का लागि भनेर प्रश्न गरेका थिए । एकातिर विपक्ष पार्टीहरुलाई सत्ताका लागि मात्रै तालमेल भएको आरोप लगाउने आफूले चाहिँ राप्रपा संग केका लागि गठबन्धन भइरहेको भनी प्रश्न गर्दा जवाफमा केन्द्रिय सदस्य पालले हाम्रो राप्रपा संग गठबन्धन भएको छैन केवल चुनावीका लागि मात्र तालमेल भएको हो । “हाम्रो राप्रपा सङ्ग चुनावका लागि मात्र तालमेल हो ।”उनले भनिन् ” हाम्रो पार्टी एकता भएको होइन उहाँको राजतन्त्र नै हो हाम्रो गणतन्त्र नै हो ।”


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार