|
Monday, December 11, 2023

कञ्चनपुरको समग्र विकासका लागि मेरो उम्मेदवारीः नेता रावल

प्रकाशित:

महेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) बाट कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ प्रदेश सभा ‘क’ का उम्मेदवार प्रकाश रावलले आफुले शुरुवात गरेका कामलाई पूर्णता दिन पुनः प्रदेश सभा ३ ‘क’ बाट उम्मेदवारी दिएको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका रावलले आफ्नो ५ वर्षे कार्यकालमा थुप्रै विकासका काम गरेका छन् । रावलले आफ्नो कार्यकालमा प्रदेश सभा ३‘क’ सहित समग्र जिल्लाको स्वास्थ्य, सिचाई, शिक्षा, सडक, कृषि, खेलकुद लगाएतको क्षेत्रको विकासका लागि बजेट विनियोजन गरेका छन् भने धेरै विकासका योजनाहरुको शिलान्यास समेत गरिसकेका छन् ।

ती शुरुवात गरिएका कामलाई पूर्णता दिन पुनः प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएको नेता रावलले बताए ।

‘मैले आफ्नो ५ वर्षे कार्यकालमा सुख्खा जमिनमा सिचाईको व्यवस्था, सडक, पुुलपुलेसा निर्माण कार्यको शिलान्यास, विभिन्न विद्यालयका भवन, मठमन्दिर निर्माण गरेको छु ।’ प्रस्ट न्युज संग कुराकानी गर्दै नेता रावलले भने ‘र अहिले कञ्चनपुरको समग्र विकासका लागि बजेटको व्यवस्थापन र थुप्रै काम अगाढी बढाएको छु ।’

उनले अगाडी भने ‘ती शुरुवात गरेका तथा अधुरा कामलाई पूर्णता दिन मैले पुनः एकपटक प्रदेश सभा सदस्य पदमा उम्मेदवारी दिएको हु ।’ यस्तै निर्वाचनमा जनताले आफुले गरेका कामको मुल्याङकन गर्ने समेत नेता रावलले विश्वास व्यक्त गरे ।

‘मैले यो क्षेत्रमा गरेको कामको जनताले निर्वाचनमा मुल्याङकन गर्नेछन् भन्ने विश्वास छ ।’ उनले भने ‘त्यही विश्वासले पनि उम्मेदवारी दिएको छु ।’ नेता रावलले आफु निर्वाचित भए ३ ‘क’ को समग्र विकासलाई प्राथमिकतामा राखेर यसलाई नमुना क्षेत्र बनाउने गरि काम गर्ने बताए ।


ताजा समाचार

Advertisements

सम्बन्धित समाचार