Saturday, July 27, 2024

बेलडाँडी खुल्ला फुटबल प्रतियोगिता सम्पन्न, उपाधी हिमसागरलाई

प्रकाशित:

महेन्द्रनगर । बेल्डाँडी खुला फुटबल प्रतियोगिताको उपाधी हिमसागर युवा क्लबले विजेता हासिल गरेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रमुख विजेतका लागि प्रतिस्पर्धी प्रगति एकता समाजलाई हराउँदै उपाधी विजेता हासिल गरेको हो ।

कालिका मन्दिर समितिले आयोजनामा घटस्थानादेखि संचालन भएको खुला फुटबल प्रतियोगितामा हिमसागरले प्रगति एकता समाजलाई १ का बिरुद्धमा २ गोलले पराजित गर्दै बेलडाँडी फुटबल प्रतियोगिताको उपाधीले विजेता भएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलक्षक हिमसागरका दिनेश जोशी र उत्कृष्ठ खेलाडी आकश तामाङ्ग , उत्कृष्ट डिफेन्स प्रगाति एकता का दीपेन्द्र भट्ट र सर्वाधिक गोलकर्ता सिद्धार्थ युवा क्लबका शेखर ओखेडा भएका छन्।

उनलाई ट्रफी प्रमाण-पत्र मेडल पुरस्कार प्रदान गरिएको छ । मंगलबार एक कार्यक्रमका विच विजेता हिमसागर र उपविजेता प्रगति एकता समाजलाई पुरस्कार वितरण गरिएको हो।

विजेता हिमसागरलाई ५१ हजार १ सय, उपविजेता प्रगति एकता समाजलाई २५ हजार, १ सय नगदका साथै ट्रफि, प्रमाण पत्र वितरण गरिएको छ ।

हरेक बर्ष दशौँका बेला बेलडाँडी गाँउपालिका २ रौलेश्वरी मावि प्राङगणमा फुटबल प्रतियोगिताले खेलकुद क्षेत्रको पहिचान बनाएको छ ।

कालिका मन्दिर समितिका सचिव बीर बहादुर बडुवालले हरेक बर्षको निरन्तरताका साथै खेलकुद विकासका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

फुटबल प्रतियोगिताका प्रमुख अतिथि बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले प्रतियोगिताबाट यस क्षेत्रको खेलकुद विकासमा अपेक्षा राख्दै गाँउपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।

बिशिष्ठ अथिति गाँउपालिका उपप्रमुख शान्ति नाथले खेल क्षेत्रको विकास गर्नका लागि आफ्ना तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । कालिका मन्दिर समितिका अध्यक्ष श्याम बहादुर बडुवालको अध्यक्षमा भएको कार्यक्रममा जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।

बेलडाँडी गाँउपालिका २ कालिका मन्दिर छेउमै रहेको रौलेश्वर माविको प्राङगणमा रहेक बर्ष फुटबल प्रतियोगिताले बेलडाँडीमा एकातिर खेलकुद र अर्कातिर धर्म संस्कृतिले निरन्तरता पाएको छ । दर्शक र दर्शनार्थीलाई भरपुर मनोरन्जन भईरहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार