Thursday, March 28, 2024

कञ्चनपुरको भीमदत्त नगरका एक कर्मचारीमाथि कुटपिट

प्रकाशित:

महेन्द्रनगर । एमाले निकट ठेकेदार तथा युवा सघका नेता चन्द्रसिह कार्कीले भीमदत्त नगरका सव ईन्जिनियर दिनेश भट्टमाथि कुटपिट गरेका हुन । 

राखी कन्स्ष्ट्रक्सनका संचालक समेत रहेका ठेकेदार कार्कीले शनिबार बिहान १०ः३०बजेतिर कार्यालयमै आएर कुटपिट गरेको भन्दै भीमदत्त नगरपालिकाले आवश्यक कार्बाहीका लागि प्रशासनलाई ज्ञापन पत्र पठाएको छ । 

भीमदत्त नगरका प्रशासकीय अधिकृत हरिसिह धामीद्वारा हस्ताक्षरित गरिएको पत्रमा कर्मचारी भट्टमाथि कार्यालयम आएर कुटपिट गर्ने कार्कीमाथि प्रचलित कानुन बमोजिम कार्बाही हुन ।

डिप्लोमा ईन्जिनियर्स एसोसिएशन नेपालको बैठकबाट निर्णय भएकोले आवश्यक कार्बाहीका लागि अनुरोध पत्र पठाएको छ । सरकार बाहिर रहेको एमाले र त्यस निकट रहेका एमाले कर्मचारी संगठनले आफ्नै पार्टी निकटका ठेकेदारले सहकर्मी कार्यकक्षमै आएर कुटपिट गर्दा समेत चुपचाप लागेको छ ।

घटना भएको तीन दिनवितिसक्दा पनि एमाले निकट कर्मचारी चुपचाप लागेको छ । अन्य विषयमा सरकारले सुरक्षा दिन सकेन, कर्मचारी दिनदाहडै कुटिन थालेभन्दै रोईलो गर्ने एमाले कर्मचारी यस प्रकटमा कतै पार्टीबाट दवाव आउने डरले चुपचाप छन ।

एमाले मात्र नभई अन्य पार्टी निकट कर्मचारीपनि चुपचाप लागेका छन । भीमदत्त नगरपालिकाले प्रशासनलाई पत्र पठाएसंगै प्रशासनले घटनामा संलग्नलाई पक्राउ गर्न आदेश दिएको छ ।

कञ्चनपुर प्रहरीले समेत कार्यकक्षमै कर्मचारी कुटने ठेकेदारमाथि कार्बाही गरिने जनाएको छ । ठेकेदार र कर्मचारीविच विवादको विषय नखुलेपनि कमिसन लेनदेनको विषयमा विवाद भएको आशंकका गरिएको छ ।

राखी कन्स्ष्ट्रक्सनका संचालक समेत रहेका ठेकेदार चन्द्रसिह कार्कीले समान्य विवाद भएको तर, कर्मचारीले घुस खान नपाएको निहुँमा विवाद उत्पन्न गरेको बताए । ‘मैले काम गरे बाफत पैशा लिनुपर्ने छ, ‘उनले भने, ‘समान्य विवाद हुँदा कर्मचारीतन्त्रले हामी निर्माण व्यवसायी अनेकन आरोप लगाएका मात्रै हुन ।’ आफुले हातपात समेत नगरेको उनको दावि छ, आफुमाथि कर्मचारी र नगरपालिकाले लगाएको आरोप निराधार सरासर झुट भएको उनको भनाई छ ।

तर, उक्त प्रकरणमा नगरपालिकाले लेटर प्याडमै लेखेर ठेकेदार कार्कीमाथि कार्बाहीको माग अघि सारेका छन । अन्य निर्माण व्यवसायीले कमिसन लेनदेनकै विषयमा विवाद भएको भए कर्मचारीमाथि पनि छानबिन हुनुपर्ने एकोहोरो व्यवसायीमाथि आरोप लगाउन नहुने तर्क गरेका छन ।

हरेक योजनाबाट कर्मचारीले ठेकेदारबाट कमिसन लिने नभए अनेकन बाधा व्यवधान खडा गरेर व्यवसायीमाथि संकट उत्पन्न गर्दै आएको समेत गुनासो छ ।

ताजा समाचार

सम्बन्धित समाचार