Advertisements
Advertisements
२०८० जेष्ठ २५, बिहीबार |
Thursday, June 8, 2023

कैलालीमा श्रीमतीको हत्या गरेर फरार भएका श्रीमान् पक्राउ

प्रकाशित:

Advertisements

महेन्द्रनगर । कैलालीमा श्रीमतीको हत्या गरेर श्रीमान् फरार भएका युवकलाई पक्राउ गरेको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ५ बस्ने ३४ वर्षीय शेरबहादुर नामजाली मगरले आफ्नी श्रीमती ललिता नामजाली मगरलाई कुटपिट गरेर धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले बताएको छ।

शेरबहादुर बुधबार मात्रै भारतबाट आएको र आज बिहिबार बिहान घटना घटाइ फरार भएका उनलाई गाउँबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

उनले आफ्नी छोरी लक्ष्मी नामजाली मगरलाई पनि कुटपिट गरि धारिलो हतियारले घाइते बनाएका छन्।

उनको उपचार स्थानीय अस्पतालमा भइरहेको बताइएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएका छन् ।

Advertisements

ताजा समाचार

Advertisements

सम्बन्धित समाचार