Friday, March 29, 2024

बेलडाँडीमा जग्गा नाप नक्साको काम सुरु

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा जग्गा नाप नक्साको काम सुरु भएको छ ।

भूमिहीन दलित , सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम बुधबारदेखि सुरु भएको हो । बर्षाैं पछि जमिनको मालिक बन्ने भएपछि स्थानीय हर्षित भएका छन् ।

पालिकाका अध्यक्ष हरिश्चन्द्र रानाले बुधबार एक कार्यक्रमका बिच पालिकाको वडा नम्बर २ स्थित बेलडाँडीमा भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका छन् ।

पालिका भित्रका भूमिहीनहरुलाई जग्गा धनी बनाउन जग्गा नाप नक्साको कार्य शुभारम्भ गरिएको बेलडाँडी गाउँ पालिकाका अध्यक्ष रानाले जानकारी दिएका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार