Friday, April 19, 2024

गठबन्धन गर्दैनौँ भन्दै काग्रेंस जिल्लाका नेताहरुले बार्गेनिङ गर्न खोजे : भट्ट

प्रकाशित:

महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका स्थाई समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज खगराज भट्टले काग्रेंसका कार्यक्रताले शिर्ष नेतृत्वसंग गठबन्धन नगर्ने भनेर बार्गेनिङ गरेको बताएका छन् ।

नेपाली काग्रेंस पार्टीले गठबन्धनबारे आधिकारिक निर्णय दिएको बताउँदै उनले तलका नेताहरु बार्गेनिङका लागी गठबन्धन नगर्ने भनेर हल्ला फैलाइरहेको दावी गरे ।

ईन्चार्ज भट्टले काग्रेंसको नेतृत्व र पार्टी गठबन्धनका पक्षमा भएका कारण जिल्ला तहका निर्णयले केही फरक नपार्ने बताए ।

काग्रेंसको आधिकारिक मान्छे शेर बहादूर देउवा हुन उहाँले गठबन्धन गर्छौँ भनेर सिट बाँडफाँडमै टिम लागेको छ ,अनी जिल्लाका नेताहरुले बोलेर हुन्छ ; त उनले भने “केन्द्रमा गठबन्धनका सबै नेताहरु सिट बाँड्न दिनहुँ छलफलमा हुनुहुन्छ यहाँ जिल्लामा गठबन्धन गर्दैनौँ भनेर बार्गेनिङ गरेर केही हुँदैन ।”

नेपाली काग्रेसंका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादूर बलायरले केही दिन अघी डोटीमा गठबन्धन नगर्ने घोषणा गरेका थिए, यस्तै डडेल्धुरा काग्रेंसलेपनि गठबन्धन नगर्ने निर्णय गरेको थियो सोही प्रशंगमा भट्टले काग्रेंसका नेताहरुलाई बार्गेनिङ गरिरहेको आरोप लगाएका हुन् ।

ताजा समाचार

सम्बन्धित समाचार