Saturday, July 27, 2024

महाकाली नदिमा पुजा गर्ने बेला दलित समुदायलाई बिभेद गरेको आरोपमा पुजारी पक्राउ

प्रकाशित:

महेन्द्रनगर । दलित समुदायलाई बिभेद गर्ने पुजारी पक्राउ परेका छन् । गत भदौ १६ गतेका दिन महाकाली नदिमा पुजा गर्ने बेला दलित समुदायलाई बिभेद गरेको आरोपमा पुजारी पक्राउ परेका हुन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

ऋषि पञ्चमीका दिन घाटमा पुजापाठ गर्न गएका महिलाहरुलाई भीमदत्त नगरपालिका १० का सहदेब भट्ट विरुद्ध भीमदत्त नगरपालिका ५ का सन्जु नेपाली लगायतले जोहरी दिएका हुन् ।

ब्रताल महिलाले पुजापाठका लागि आग्रह गर्ने पुजारीले गोत्र सोध्दा थर खुलेपछि उनी पुजापाठ नगर्ने भन्दै पन्छिएका थिए । उनले भगवानले नै जात छुट्याएकाले आफूले पूजापाठ नगर्ने भनेको भिडियो सार्वजनिक भइ सकेको छ ।

महिलाहरुले सार्वजनिक स्थानमा पुजारीले आफूहरुमाथि संविधान र ऐन कानुन विपरित जातीय रुपमा विभेद गरी पुजापाठ गर्न अस्वीकार गरिएको भन्दै कारवाहीका लागि उजुरी दिएका थिए ।

सोमबार पुजारीलाई अदालतबाट म्याद थप गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जातीय विभेद तथा छुवाछुत(कसुर र सजाय) ऐन २०६८ (पहिलो संशोधन) मा कसुरको आधारमा बढीमा तीन महिनादेखि तीन वर्ष कैद र ५० हजार रुपैँयादेखि दुई लाख रुपैँयासम्म जरिवना हुने व्यवस्था छ ।

ताजा समाचार

सम्बन्धित समाचार