आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ ।

काठमाडौँ । गृह मन्त्रालयका अनुसार मन्त्रीसहित छलफल भइरहेको छ र मन्त्री नै अस्पताल जाने तयारीमा हुनुहुन्छ ।
गृहमन्त्री सुधन गुरुङ केही बेरमा वीर अस्पताल पुग्ने भएका छन् ।
आत्मदाह गरेका गणेश नेपालीको मृत्यु भएपछि गृह मन्त्रालयले आकस्मिक छलफल बोलाएको छ ।
गृह मन्त्रालय स्रोत भन्छ ‘उहाँको मृत्यु भएको खबर आएको छ । मन्त्रीसहित छलफलमा छौ । अस्पतालमा मन्त्रीज्यू नै जाने कुरा छ ।’

गृहमन्त्री सुधन गुरुङको सचिवालयका अनुसार गुरुङ केहि बेरमा वीर अस्पतालमा पुग्दैछन् ।



