बैतडीमा चतुर चन्द अगाडि: सबैकाे राेजाईका उम्मेदवार

प्रकाशित:

बैतडी । फागुन २१ काे निर्वाचनको मिति नजिकिएसँगै बैतडीमा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्दकाे पक्षमा माहाेल बन्दै गएको छ। स्वच्छ छवि र अन्य उम्मेदवारकाे तुलनामा नेतृत्व क्षमता भएका चन्द सबैको राेजाइमा पर्न थालेका छन्।

नेपाली कांग्रेस बैतडीका सभापति समेत रहनुभएका चन्द नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ ।
शिक्षककाे लामाे राजनीतिबाट उदाएका चन्द जनसमुदायकाे इच्छा र आकांक्षाबारे जानकार रहनुभएकाे छ।

जिल्लाकाे सबै भूगाेलसँग परिचित चन्द जेनजीदेखि जेष्ठ नागरिकसम्मकाे राेजाइमा परेका छन्।

उच्च जनाधार रहेका चन्दले बैतडीको स्वाभिमानका लागि उम्मेदवारी रहेकाे बताउनुभयो । जनताकाे पक्षमा काम गर्न सक्ने र सबैलाई जाेड्न सक्ने क्षमता समेत चन्दमा रहेकाे छ।
कांग्रेस एकढिक्कासँगै जनलहर पनि चन्दकै पक्षमा रहेकाेले जितनजिक पुग्नुभएकाे छ।

सबै पक्षलाई मिलाउन सक्ने क्षमता भएका चन्दले क्रिकेटमार्फत नेपाललाई विश्वमा चिनाउने क्रममा उहाँकै नेतृत्वमा क्रिकेट संघ रहेकाे छ।

उहाँकै नेतृत्वमा रहेकाे क्यानले जेनजी आन्दोलनपश्चात् रहेकाे असहज परिस्थितिलाई नेपाल प्रिमियर लिग एनपिएलमार्फत एकजुट बनेकाे थियाे।

बैतडीमा ४ दशकअघि दशरथचन्द एकेडेमीका स्थापकदेखि नेपाल क्रिकेट संघकाे अध्यक्ष हुँदासम्म क्रिकेटको उचाइ विश्वसम्म चिनाउन चन्दले नेतृत्व गर्नुभएको छ।

जेष्ठ सहिद दशरथचन्दकै परिवारका चतुरबहादुरले संसदसम्मकाे यात्रा तय गरे जिल्लाकाे समग्र विकासका लागि कुनै कमि नहुने प्रतिवद्धता गर्नुभएको छ।

संसदमा पुगे कांग्रेसकाे सरकार बनेमा चतुरबहादुर मन्त्री हुने लगभग पक्कापक्की पनि हाे।

जेनजीसहित सबैकाे भावनालाई कदर गर्दै जिल्लाकाे स्वाभिमान उचाे राख्ने चन्दले बताउनुभयो ।

फागुन २१ मा हुने निर्वाचनमा रूख चिन्हमा मतदान गरेर विजयी गराउन आह्वान गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार