पत्रकार ओलीमाथि अत्याचार गर्ने भन्सारका हाकिमद्वय भट्ट र थापा प्रहरी नियन्त्रणमा

प्रकाशित:

कञ्चनपुर, २६ माघ।कञ्चनपुरका पत्रकार भुपेन्द्र ओलीमाथि कार्यालयमै अत्याचार गर्ने भन्सार कार्यालय गड्डाचौकीका हाकिमद्वय प्रहरी नियन्त्रणमा छन ।

पत्रकार ओलीमाथि कार्यालयमा दुव्र्यवहार गर्ने निमित्त भन्सार अधिकृत चक्रदेव भट्ट र भन्सार अधिकृत दान बहादुर थापा प्रहरी नियन्त्रण छन।तीन बर्ष पहिले सशस्त्र प्रहरीले तस्करीमा संलग्न भएको आरोपमा भारतीय नम्बर प्लेटको मोटरसाईकल भन्सार चलान गरेको तर, उक्त मोटरसाईकल भारतमा निर्वाद चलिरहेको विषयमा समाचार संकलन गर्न कार्यालय पुगेका पत्रकार ओलीमाथि निमित्त भन्सार अधिकृत चक्रदेव भट्ट र भन्सार अधिकृत दान बहादुर थापाले अत्याचार गरेका गरेपछि पत्रकार ओलीले भट्ट र थापाको नाममा दिएको निवेदनका आधारमा प्रहरीले उनीहरुलाई कार्यालयमै राखेको छ ।

पत्रकार ओलीले प्रहरीमा निवेदन सहित भिडियो पेश गर्दै आफुमाथि अमानविय, दुव्र्यवहार अत्याचार, अन्याय भएकाले भन्दै उजुरी दिएका थिए । छलफल साकारात्मक भएपनि विचमै भन्सार अधिकृत दान बहादुर थापा आएपछि सहमती भाडिएको थियो । त्यसपछि छलफलमा जिप्रका पुगेका पत्रकार बाहिरिएका थिए ।

आइतबार भन्सार चोरी तस्करी सम्बन्धी समाचार संकलनका लागि भन्सार कार्यालय गड्डाचौकी पुगेका पत्रकार भुपेन्द्र ओलीमाथि भन्सार अधिकृत चक्रदेव भट्ट र भन्सार अधिकृत दान बहादुर थापाले अत्याचार गरेका हुन । दोधाराचाँदनी खबरका पत्रकार ओलीले निमित्त भन्सार प्रमुख भट्टसंग प्रशन सोध्ने वित्तिकै नेपाली नागरिकले भारतीय गाडी चलाउन पाउँछन, तपाई ईन्टरभ्यु दिन्न भन्दै जगिए । अग्रेजी भाषामै गो फ्रम हियर भन्दै धकेलिए ।

राजस्व बृद्धि होईन, कता कुन व्यवसायीबाट कति घुस खान सोचमा भएका सुचना अधिकारी समेत रहेका भट्टले पत्रकार ओलीमाथि कठालो समातेरै बाहिर निकालेका छन।भन्सार अधिकृत भट्टले पत्रकार भट्टको कठालो समातेर धकेन्दै हातखुट्टा भाँचिदिन्छु भन्दै धम्की दिएका छन । काम छैन, यो चोर पत्रकारको, दादागिरी गर्छ भन्दै क्यामेरा तोडिदिन धम्की दिदै, हातपात गरेर गुण्डाशैलीमा मान्छे बोलाउ भन्दै जिम्मेबारीबाट पन्छीए । पत्रकार भुपेन्द्र ओलीले आफुमाथि सरकारी भन्सार कार्यालय जस्तो देशकै सम्वेदनशिल कार्यालयमा ज्यानै लिने गरेर भएको कुटपिट भएको बताए । घुसको अड्डाकै रुपमा परिचित भन्सार कार्यालयमा पत्रकारले सोधेको प्रशनमा जवाफ दिनुको साटो उल्टै कुटपिटमा उत्रिएपछि भन्सारका बहुबली कर्मचारी पत्रकार कुटन मात्रै आएका हुन की भन्सार राजस्व संकलन गर्ने विषयमा प्रशन उठेको छ । पत्रकार ओलीमाथि भएको भन्सार कार्यालयमा कुटपिटको कञ्चनपुरका पत्रकारदेखि विभिन्न संघ संगठनहरुले बिरोध गरेका छन । काँग्रेस निकट पत्रकार प्रेस यूनियनका सचिव देवेन्द्र खडकाले प्रेस विज्ञप्ती जारी गर्दैै पत्रकार कुटपिटमा संलग्न निमित्त भन्सार अधिकृत चक्र्रदेव भट्टमाथि कानुनी कार्बाहीको माग अघि सारेको छ ।

भन्सारका कर्मचारीहरुले पत्रकार ओलीमाथि दुव्र्यवहार भएको स्वीकार गरेका छन।निमित्त भन्सार अधिकृत चक्रदेव भट्टले सशस्त्र प्रहरीले ०७९माघ तिर पक्राउ गरेको मोटरसाईकल बारे पत्रकार ओलीले सोधपुछका क्रममा फाईल नपाएपछि आक्र्रोसमा आफुले केही बोलेकादेखि धकेलाधकेल भएको विषयमा पत्रकार ओलीसंग माफि मागिसकेको बताए । भन्सार अधिकृत दान बहादुर थापाले आफुहरुबाट गल्ती भएको बताए ।

कञ्चनपुरमा खुलेयाम भन्सारबाटै सेटिङ्ग भएर भन्सार राजस्व छलीमा स्वयम कर्मचारी संलग्न भएको विगत अख्तियारले कर्मचारी रंगेहात पक्राउदेखि लक्ष्य अुनरुप भन्सार राजस्व संकलन हुन नसेको भन्सारबाटै गएको समान पछि शसस्त्र प्रहरी, नेपाल प्रहरीले बरामद गर्दै आएको घटनाले समेत भन्सारका कर्मचारी आफुले घुस खान नपाएकोदेखि भ्रष्टाचार गर्न नपाएको झोकमा पत्रकारमाथि खटिएको नागरिक समाजको भनाई छ ।

भन्सार कार्यालयमा पत्रकार ओलीमाथि भएको अमानविय दुव्र्यवहारदेखि घम्कीपूर्ण कार्यको चौतर्फि बिरोध एव भत्र्सना भईरहेकोछ । नेपाल पत्रकार महासंघ, प्रेस यूनियन, प्रेस चौतारी, सेन्टर सेन्टर, मिडिया मञ्च, अनलाई टिभी पत्रकार पत्रकार सघ, फोटो पत्रकार संघदेखि कम्युनिष्ट युवा संघ संगठनदेखि नागरिकले भत्र्सना जाहेर गरेका छन । तर, पत्रकार भुपेन्द्र ओलीले निमित्त भन्सार अधिकृत भट्ट र भन्सार अधिकृत थापा सहितका दुव्र्यवहार गर्ने कर्मचारीमाथि कानुनी कार्बाहीको माग अघि सार्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा निवेदन दिएका छन । कञ्चनपुरका प्रहरी प्रमुख एसपी खडक बहादुर खत्रीले भन्सारमा पत्रकार ओलीमाथि भएको घटनाको छानबिन भईरहेको बताउनुभयो

ताजा समाचार

सम्बन्धित समाचार