कञ्चनपुर । ॐ साइराम भलाइकोष एण्ड इन्भेस्टमेन्ट प्रालिले कञ्चनपुरको महेन्द्रनगरमा आफ्नो २० औं शाखा कार्यालय विस्तार गरेको छ। मंगलबार एक कार्यक्रमका बीच उक्त शाखाको औपचारिक उद्घाटन गरिएको हो।

संस्थाका अध्यक्ष गोपाल कुमार रन्जितकारको सभापतित्व एवं नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ तथा महाकाली बहुउद्देश्यीय कम्पनीका अध्यक्ष डम्बर राज पन्त प्रमुख आतिथ्यमा संस्थाको शाखा विस्तार गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्तले यो भलाइकोष समाजका सबै पक्षसँग जोडिएको र विशेषगरी मजदुरहरूलाई समेट्ने कार्यमा संस्था सफल हुने विश्वास व्यक्त गरे ।

२०७५ फागुनमा बाँकेको कोहलपुरबाट सेवा सुरु गरेको यस संस्थाले हालसम्म मेचीदेखि महाकालीसम्म शाखा कार्यालयहरू स्थापना गरिसकेको संस्थाका महासचिव कृष्ण प्रसाद भुगाईले बताए ।


