पुनर्वासमा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजदेखि सुरु हुदै

प्रकाशित:

कञ्चनपुर । पुनर्वास नगरपालिकाको आयोजनामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आज आइतबारदेखि सुरु हुँदैछ।

प्रतियोगिताको उद्घाटन समारोह पुनर्वास नगरपालिका–६ स्थित श्री जीवन ज्योती माध्यमिक विद्यालय, त्रिभुवनबस्तीको खेल मैदानमा दिउँसो १:०० बजे आयोजना गरिने पुनर्वास नगरपालिकाले जनाएको छ।

नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा नगरभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका खेलाडी विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहनेछ।

नगरपालिकाका अनुसार प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्नु, लुकेका खेल प्रतिभाको पहिचान गर्नु तथा अनुशासित र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्नु रहेको छ।

उद्घाटन कार्यक्रममा नगरबासी आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, सम्पूर्ण जनसमुदाय, पत्रकार, सुरक्षाकर्मी तथा खेलाडी विद्यार्थीहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन नगरप्रमुख शर्माले हार्दिक आमन्त्रण गर्नुभएको छ।

प्रतियोगिताअन्तर्गत विभिन्न खेल विधामा प्रतिस्पर्धा हुने र उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय तथा खेलाडीहरूलाई पुरस्कृत गरिने जनाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार