महेन्द्रनगर । सामाजिक सञ्जालमा पछिल्लो समय निर्वाचन आयोगको कार्यालयले कालो सूचिमा राखेका नामहरु भन्दै भ्रम सिर्जना भइरहेको छ । गत २०७९ को प्रदेश तथा प्रतिनिधि सभाका उम्मेदवारहरुले निश्चित समयावधी भित्र खर्च विवरण पेश नगरेको हुँदा कालोसूचिमा राखिएको कुरा पछिल्लो समय समाजिक सञ्जालमा भाइरल बनिरहेको हो ।

उक्त कालोसूचिमा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेता सम्मलाई लाई कालोसूचिमा परेको हुँदा आसन्न निर्वाचनमा २०८२ मा उम्मेदवार हुँन नपाउने भनेर भ्रम सिर्जना गरिएका छन् । यद्यपी जिल्ला निर्वाचन आयोगको कार्यालयले उक्त कुराको खण्डन गरेको छ ।

कञ्चनपुरमा गत २०७९ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा विभिन्न क्षेत्रबाट उम्मेदवार भएका ८३ जना मध्ये ५३ जना निर्वाचन आयोगको कालो सूचिमा छन् । जसमध्ये नेपालको राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने नेताहरुको नाम समेत रहेको छ ।

निर्वाचन आयोगले तोकेको निश्चित समय भित्र चुनावी खर्च विवरण नबुझाएकोमा ५३ उम्मेदवारलाई कालोसूचिमा राखिएको जिल्ला निर्वाचन आयोगको कार्यालय कञ्चनपुरका प्रमुख हरिस प्रसाद जोशीले बताए
कालोसूचिमा पर्ने मध्ये नेपाली कांग्रेसका नेता तथा पुर्व रमेश लेखक र पुर्व मन्त्री एनपी साउँद, सुदूरपश्चिम प्रदेश सभा सदस्य प्रकाश रावल लगायतका प्रतिष्ठित नेताहरु समेत रहेका छन् । तर केहिसमय पछि उनिहरुले जरिवाना रकम सहित निर्वाचन आयोगको कार्यालय खर्च विवरण पेश गरेको हुँदा उनिहरुलाई आसन्न निर्वाचनमा उम्मेदवार बन्न रोक नलगाइने जिल्ला निर्वाचन आयोगको कार्यालय कञ्चनपुरका प्रमुख जोशीले बताए ।
निर्वाचन आयोगको कालोसूचिमा परेपछि जरिवाना रकम सहित खर्च विवरण पेश गर्नेमा नेता लेखक, साउँद, रावल, दिपक बहादुर सिंह (स्वतन्त्र उम्मेदवार) लगायतका पाँच जना रहेका छन् । कञ्चनपुरबाट अझै ४७ जना निर्वाचन आयोगको कालोसूचिमा रहेका छन् ।
उनिहरुले तोकिएको जरिवाना रकम सहित चुनावी खर्च विवरण पेश गरेमा कालोसूचिबाट मुक्त गराइने जिल्ला निर्वाचन आयोगको कार्यालय कञ्चनपुरका प्रमुख जोशीले बताए ।
पछिल्लो समय सामाजिक सञ्जाल मा सार्वजनिक भएको निर्वाचन आयोगको कालो सुचीमा परेको उमेतबार हरुको लिस्ट सत्य तथ्य नभएको ठहरिएको छ ।बिहीबार निर्वाचन आयोग का प्रमुख हरिस प्रसाद जोशी ले २०७९ को चुनाब मा बिभिन्न दल बाट जम्मा ८३ जना ले उमेतबरी दर्ता गरेको र जसमध्ये ३० जाना ले निर्वाचन आयोग लाइ समयमै निर्वाचन खर्च बिवरण बुझएको थियो योसँगै कूल ८३ जना मध्ये ५३ जना को लिस्ट सार्वजनिक भएसँगै ५ जनाले पुः जरिवाना तिरेका थिए जसमा नेपाल सरकारका पूर्व गृह मन्त्रि रमेस लेखक , समाजबादी पार्टी का प्रकास रावल, नेपाली कंग्रेस का नारायण प्रसाद साउँद, र दिपक बहादुर सिंह। रहेका छन ।
यनीहरु ले म्याद नागी भए पस्ताप आफु माथी पोको निर्वाचन आयोग को कर तिरी कर मुक्त भए संगै अब ४८ जना पुर्व उमेदबार कालो सुची मा रहेका छन ।यो संगै जिल्ला निर्वाचन कार्यालय कञ्चनपुर ले जम्मा मतदाता को लिस्ट समेत सार्वजनिक गरेको छ जसमा २०७९ को चुनाब मा जिल्ला भरी कुल ३ लाख ३ हजार ८७ थिए भने यो वर्ष जम्मा मतदाता ३ लाख १४ हजार ३ सय ८५ जाना ले निर्वाचन मा भाग लिन पाउने छन जसमा पुरुस १५४०६८ महिला १६०३१६ र ते.ली १ जना गरी जम्मा ३१४३८५ रहेको स्पष्ट पार्नु भएको छ।


