महेन्द्रनगर । समाजसेवी सावित्री भट्टको पहलमा अनाथ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ ।

समाज कल्याण वाल अनाथालय महेन्द्रनगरमा रहेका असहाय बालबालिकाको लागि चिसोबाट बच्नकालागि न्यानो लुगा जकेट वितरण गरिएको हो ।

शनिबार समाजसेवी सावित्री भट्टको अगुवाई एवं पहलमा अनाथालयका २१ जना बालबालिकालागि न्यानो लुगा स्वरुप जकेट वितरण गरिएको हो ।

चिसो मौसम बढ्दै जादा अनाथ आश्रममा रहेका बालबालिका लाई राहत पुगोस् भन्ने मनसायले साथीभाइहरुको सहयोगमा जकेट वितरण गरिएको समाजसेवी भट्टले बताइन् ।
बेदकोट-९ सुन्दरपुरका पुष्पा बोहरा (हाल अस्ट्रेलिया), भीमदत्त-७ का सुमित्रा कार्की, भुन्टु कुवँर, कुन्ती भट्ट लगायतका दाताहरुको आर्थिक सहयोगमा अनाथालयका बालबालिका लाई चिसोबाट बच्नका लागी न्यानो लुगा (जकेट) वितरण गरिएको उनले बताइन् ।


