सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित:

काठमाडौं । नेपाली बजारमा आज ९मङ्गलबार० पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार सुन तोलामा २ हजार तीन सय रुपैयाँले बढेको जनाएको छ ।
महासंघका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँ कायम थियो । यता, महासंघका अनुसार मङ्गलबार चाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही कायम छ ।

ताजा समाचार

सम्बन्धित समाचार