महेन्द्रनगर । निर्माण व्यवसायी संघ कञ्चनपुरको १५ अधिवेशनमा दुई जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षका निरञ्जन प्रसाद भट्टको प्यानलबाट सचिव पदका उम्मेदवार वृज किशोर चन्द र सोहि प्यानलबाट कोषाध्यक्ष पदका उम्मेदवार तेज बहादुर चन्द निर्विरोध निर्वाचित भएका हुन् । शुक्रवार मध्यराति प्रतिद्वन्द्वीहरु संगको समझ्दारी पश्चात दुवै जना निर्विरोध निर्वाचित भएको सचिव सुर्य बहादुर चन्दले बताए ।

पुष्पराज अवस्थी प्यानलबाट सचिव पदका उम्मेदवार गोरे सिंह ऐर र कोषध्यक्ष पदका उम्मेदवार दिल बहादुर सिंहले उम्मेदपारी फिर्ता लिए पछि भट्ट प्यानलका वृज किशोर चन्द सचिव र तेज बहादुर चन्द कोषाध्यक्षमा निर्वारोध निर्वाचित भएका हुन् ।

अन्य पदहरुका लागि शनिवार बिहान १० बजेदेखि मतदान पक्रिया अघि बढ्ने निर्वाचन समितिले जनाएको छ । दुई जना पदाधिकारीमा निर्विरोध निर्वाचित भए संगै अब अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सह–कोषाध्यक्ष र सदस्यहरुकालागि मतदान हुँने भएको हो ।

दुवै समुह प्यानल सहित भव्य चुनावी प्रचार प्रसार गरिरहेका छन् । निरञ्जन प्रसाद भट्टको प्यानलमा वरिष्ठ उपाध्यक्षमा देव बहादुर चन्द, उपाध्यक्षमा दीपक भट्ट, महासचिवमा योगेन्द्र ठकुराठी, र सह–कोषाध्यक्षमा हेम महरा उम्मेदवार रहेका छन् ।
त्यस्तै अवस्थी प्यानलमा वरिष्ठ उपाध्यक्षमा अमर बहादुर बम, उपाध्यक्षमा यज्ञराज बैज, महासचिवमा देवीदत्त भट्ट, र सह–कोषाध्यक्षमा चित्र कार्की उम्मेवार रहेका छन् । सह–कोषध्यक्ष पदमा एक स्वतन्त्र उम्मेदारी परेको छ । पदमराज भट्टले सह–कोषाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।