काठमाडौं। हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीलाई रिहाइको माग गर्दै उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा सोमबार इजरायलतिर लागेका छन् ।

आमा पद्मा र बहिनी पुष्पालाई नेपालस्थित इजरायली दूतावासको पहलमा सोमबार बिहान ९ बजेको फ्लाइ दुबईको उठडानमार्फत् इजरायलतिर लागिएको हो।

उनीहरू त्यसक्रममा विमानस्थलभित्र पस्दा रुँदै गरेका देखिए ।इजरायलको किबुजबाट सन् २०२३ अक्टोबर ७ मा हमासले अपहरण गरेका विपिनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब बढाउन आमा पद्मा र बहिनी पुष्पालाई लगेको हो ।

इजरायलले विपिनकी आमा र बहिनीलाई संयुक्त राष्ट्रसंघसम्म पुर्याउने तयारीसमेत गरेको छ ।‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका विपिन दक्षिणी इजरायलको किबुजबाट अपहरणमा परेका थिए ।हमासको आक्रमणमा परी विपिनसँगै रहेका १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमण कूल १२ सय मानिसहरू मारिएका थिए ।