महेन्द्रनगर । कञ्चनपुरमा खैरो हेरोइनसहित २ जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका-१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००३ प ८२३१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा चालक जिल्ला कृष्णपुर नगरपालिका–५ गुलरिया बस्ने २२ वर्षीय गणेश रावत र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने २५ वर्षीय टेकराम चौधरीलाई पक्राउ गरिएको हो।

यी दुबै जनालाई १० ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित फेला पारी उक्त पदार्थ, मोटरसाईकल र दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडा, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
