नेविसंघद्वारा कञ्चनपुरको श्रीकृष्ण माविमा जोशीको नेतृत्वमा सीटीइभीटी इकाई समिति गठन

प्रकाशित:

महेन्द्रनगर । नेपाल विद्यार्थी संघ कञ्चनपुरले गुलरिया स्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा सीटीइभीटी इकाई समिति गठन गरेको छ । बिहिबार श्रीकृष्ण माध्यमिक विद्यालय अन्र्तगत २५ सदस्यीय सीटीइभीटी इकाई कार्यसमिति सर्वसम्मतिबाट गठन गरेको हो ।

उक्त विद्यालय अन्र्तगत सीटीइभीटी इकाई कार्यसमितिको नेतृत्वमा आशिष जोशी चयन गरिएको नेपाल विद्यार्थी संघ कञ्चनपुरका जिल्ला सचिव दिनेश भट्टले बताए । सचिव भट्टका अनुसार श्रीकृष्ण माध्यमिक विद्यालयमा जोशीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट गठन गरिएको हो ।

अध्यक्ष– आशिष जोशी
उपाध्यक्ष – खगेन्द्र जोशी,संगिता बोहरा
सचिव – विपना पाण्डेय
सह–सचिव – प्रमिला नाथ
सहसचिव– शोभा देउवा
सह सचिव– देवराज राना
कोषाध्यक्ष– दिपक राज भट्ट लगायत २५ सदस्यीय कार्यसमिति सर्व सम्मत चयन गरिएको हो ।

उक्त बैठकमा नेपाल विद्यार्थी संघ कञ्चन बहुमुखी क्याम्पस स्ववियु सभापति सुनिल ऐर, जिल्ला कार्यसमितिका सहसचिव भोजराज भट्ट लगायतका विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

कञ्चनपुरमा सीटीइभीटी अन्तर्गत पहिलो पटक इकाई कार्यसमिति गठन गरिएको नेवि संघका जिल्ला सचिव भट्टले बताए । संगठनलाई अझ चलायमान, सशक्त र उत्तरदायी बनाउन कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्ने उनले बताए ।

नवगठित कार्यसमितिले विद्यार्थी हकहित, सिर्जनशील गतिविधि र संगठन विस्तारमा उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार