ताप्लेजुङः सिदिङ्वा गाउँपालिका–३स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उनीसहित उनकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले जानकारी दिए।

घरमाथिको कुलो थुनिएर पहिरो खस्दा घर पुरिएको हो। कटुवाल परिवारलाई छिमेकीले उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। उनीहरूलाई उपचारका लागि पाँचथर लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ।
