एडीबीले भीमदत्त नगरमा १८ सडक निर्माण र ढल व्यवस्थापनकालागि ठेक्का खोल्यो

प्रकाशित:

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा एशियाली विकास बैंक (एडिबी) को फेज–२ परियोजना अन्तर्गत १८ वटा सडक तथा ढल संरचना निर्माणको तयारी तीव्र रूपमा अघि बढेको छ ।

नगरप्रमुख पदम बोगटीको नेतृत्वमा संघीय मन्त्रालयहरूसँगको समन्वय र फेज–१ परियोजनाको सफल कार्यान्वयनका आधारमा गत केही महिना अघि एडिबीले फेज–२ परियोजना स्वीकृत भएको थियो ।

आज सम्बन्धित कार्यालयले ठेक्का आह्वान गरेको छ । नगरप्रमुख बोगटीका अनुसार फेज–२ अन्तर्गत कूल ८।१४६ किलोमिटर सडक र १४।७१७ किलोमिटर ढल संरचना निर्माण गरिनेछ ।

१८ वटा सडक ढलसहित निर्माण हुनेछन् भने ३ वटा सडकमा छुट्टै ढलको व्यवस्था गरिनेछ । ‘यो केवल एक परियोजना होइन, नगरको समग्र शहरी विकासतर्फ उठाइएको महत्वपूर्ण पाइला हो ।’ नगरप्रमुख बोगटीले भने ‘अबको हाम्रो लक्ष्य भनेको गुणस्तरीय, प्रभावकारी र समयमै निर्माण कार्य सम्पन्न गर्नु हो ।’

फेज–१ मा मापदण्डअनुसारको पारदर्शी निर्माण कार्य सम्पन्न भएकै कारण एडिबीको दोस्रो चरणमा प्रवेश गर्न सफल भइएको बताइएको छ । सम्बन्धित निर्माण कार्यहरु चाँडै सुरु हुने जनाइएको छ । उनकाअनुसार यो हाम्रो नगर रुपान्तरणको यात्राको दोस्रो खुड्किलो हो ।

स्थायी पूर्वाधारका लागि केही समयको असहजता स्वीकार गर्नुपर्छ, अन्तिम परिणाम सबैको हितमा हुनेछ । यसैबीच, फेज–१ अन्तर्गत निर्माणाधीन सडक, ढल र सडकबत्ती जडान कार्यहरू अन्तिम चरणमा पुगेका छन् ।

ती संरचनाहरू सञ्चालनमा आउन थालेसँगै नगरको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिन थालेको नगरप्रमुख बोगटीले बताए । पहिलो चरणको अनुभवले दोस्रो चरणमा अझ व्यवस्थित र आत्मविश्वासी ढंगले काम गर्न ऊर्जा मिलेको उनले बताए ।

निर्माण हुने प्रमुख सडक तथा ढल योजनाहरू यस्ता छन्ः
मझगाउँ एयरपोर्ट–ऐरीघाट सडक
भासि पूर्व–पश्चिम राजमार्गदेखि उत्तरतर्फको सडक
बनगाउँ सडक–भगवती टोल
मामा भाञ्जा–निम्बुखडा सडक
भगतपुर रोड–नहरसम्म
रेडक्रस रोड
कभर्डहल रोड
पूर्व–पश्चिम राजमार्गदेखि ओपेरा तर्फको सडक
होटल चेतन देखि भगतपुर रोड
पुष्पलाल चौकदेखि सुदूरपश्चिम विश्वविद्यालय गेटसम्मको सडक
मामा भाञ्जा रोड ९दोस्रो खण्ड०
बिद्यानगर टोल कटान गल्ली–१ भीमदत्त नगरपालिका–१८
बिद्यानगर टोल कटान गल्ली–२ भीमदत्त नगरपालिका–१८
विष्णु टोल कटान गल्ली–१ भीमदत्त नगरपालिका–१८
विष्णु टोल कटान गल्ली–२ भीमदत्त नगरपालिका–१८
द्वारिका मार्ग, जानकी टोल भीमदत्त नगरपालिका–४
भगतपुर आदर्श टोल
सिद्धिविनायक मार्ग रोड र एकतर्फ नाली निर्माण
सम्झना, जनकी, श्रीकृष्ण मार्गमा ढल मात्र निर्माण र जगन्नाथ मार्गमा सडक सहित ढल निर्माण

ताजा समाचार

सम्बन्धित समाचार