महेन्द्रनगरः बैंकिङ कसुर मुद्दामा फरार धनगढीका एक जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलालीको २०८१ पुस १२ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–५ बस्ने गणेश चौधरी पक्राउ परेका हुन्।

चौधरीलाई इलाका प्रहरी कार्यालय हसुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले शनिवार कैलारी गाउँपालिका–१ हसुलिया बजारबाट पक्राउ गरेको जनाएको छ।
