भाँसीमा ब्राउन सुगरसहित ४ युवक पक्राउ

प्रकाशित:

कञ्चनपुर। कञ्चनपुरमा लागुऔषध खैरो हेरोइनसहित ५ जना पक्राउ परेका छन्।

मंगलबार राति भीमदत्त नगरपालिका–३ भाँसीबाट खैरो हेराइनसहित ४ जना पक्राउ परे।

जिल्ला प्रहरी कार्यालयका अनुसार भाँसीस्थित पुर्णागिरी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको हो।

भीमदत्त नगरपालिका–६ का २४ वर्षीय प्रकाश सिंह धामी, दार्चुलाको शैल्यशिखर नगरपालिका–९ का ३० वर्षीय सुशिल बिष्ट र मालिकार्जुन ८ का ३२ वर्षीय गोबिन्द धामी समेत रहेका छन्।

उनीहरुको साथबाट ५.२३ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटमा डडेल्धुरा आलिताल गाउँपालिका–७ का ३० वर्षीय दल बहादुरलाई प्रहरीले ४६ मिलिग्राम लागु औषध खैरो हेरोइनसहित पक्राउ गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार